२१ बैशाख, २०८१ शुक्रबार

11:01:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राङ्गरिक खेतीमा किसान

१५ माघ, २०७८

प्राङ्गरिक खेतीमा किसान

१५ माघ । प्राङ्गरिक विधिबाट लगातार तीन वर्षदेखि तरकारी खेती गर्दै आएका किसानलाई कृषि ज्ञान केन्द्र झापाले प्रमाणपत्र दिने प्रारम्भिक तयारी गरेको छ । 

किसानलाई व्यवसायमा उत्साह थप्ने र अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रमाणपत्र दिने तयारी गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो ।

किसानलाई व्यवसायमा उत्साह थप्ने र अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रमाणपत्र दिने तयारी गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो । उहाँले विगत तीन वर्षदेखि केन्द्रले समूह तथा सहकारीको माध्यमद्वारा अग्र्यानिक तरकारी खेती गर्ने किसानलाई कृषि औजार तथा मल बीउका लागि अनुदानसमेत प्रदान गर्दै आएको र प्रतिफलसमेत राम्रो पाएको बताउनुभयो ।

उनीहरूलाई पहिलोपटक प्रमाण पत्र दिने तयारी गरेको बताउँदै उहाँले भन्नुभयो, “जिल्लामा ठूला–ठूला प्राङ्गरिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बढ्दैछ । उहाँहरूको सही पहिचान गरेर हामी प्रमाणपत्र वितरण गर्छौँ । जसका कारण किसानमा उत्साह र हौसला मिल्छ भन्ने हाम्रो अपेक्षा हो ।” उहाँका अनुसार चालु आर्थिक वर्षभित्रैमा किसानलाई प्रमाणपत्र वितरण गरिनेछ ।