२२ माघ, २०८१ मंगलबार
07:40:59 AM
१५ माघ, २०७८
१५ माघ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।
मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्वन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गर्नुभयो ।
भर्चुअल माध्यममा भएको विपद् न्युनिकरणसम्बन्धी शनिबार भएको कार्यक्रममा गृहमन्त्री खाँणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताउनु भयो । मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्वन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गर्नुभयो ।
गृहमन्त्री खाणले भवन निर्माणको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताउनु भयो ।
गरिव तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रिय रुपमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिनुभयो । उहाँले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणाली जस्ता नवीन प्रविधिहरूको प्रयोग विपद्को न्यूनिकरणमा लगाउन आवश्यक रहेको बताउनु भयो । समय मै सानो सावधानी अपनाएमा ठूलो विपद्बाट जोगिन सक्ने उहाँको भनाइ थियो । यस विषयमा मन्त्रालय सकारात्मक रहेको गृहसचिव पाण्डेले बताउनुभयो ।