२२ बैशाख, २०८१ शनिबार

08:36:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन ९ गते भैरहवा ल्याण्ड हुने छ वाइडबडी ए ३३० विमान

Nepal Business

१५ माघ, २०७८

फागुन ९ गते भैरहवा ल्याण्ड हुने छ  वाइडबडी ए ३३० विमान

काठमाण्डौ । 
लुम्बिनी प्रदेश र समग्र देशकै लागि गौरवको विषय गौतमबुद्ध अन्तारष्ट्रिय विमानस्थलमा आगमी फागुन ९ गते क्यालिब्रेशन फलाईट हुने भएको छ । आन्तरिक साना विमान मात्र उडिरहेको भैरहवा गौतमवुद्ध विमानस्थललाई अन्तारष्ट्रिय स्तरको बनाएसंगै वाईडबडी विमानले उडान सुरु गर्न लागेको हो ।

फागुन ९ गते परिक्षण उडान गर्ने जानाइएको छ भने यस लगत्तै बाँकी काम सकेर नियमित उडान गर्ने गरी तयारी थालिएको गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । यसैबीच शिनवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेसन फ्लाइट हुने बताउनुभयो । 
मन्त्री आलेले बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ ।

” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेसन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्छ भन्नुभयो ।
रासस