७ जेठ, २०८१ सोमबार

12:33:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय निर्वाचनबारे सहमति जुट्यो, जेठ महिनाभित्र चुनाव गर्न सत्ता गठबन्धनको सुझाव

१५ माघ, २०७८

स्थानीय निर्वाचनबारे सहमति जुट्यो, जेठ महिनाभित्र चुनाव गर्न सत्ता गठबन्धनको सुझाव

काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताउनुभयो । 

मन्त्री कार्कीले बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको  जानकारी दिनुभएको छ । उहाँका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।