७ जेठ, २०८१ सोमबार

12:18:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माधव नेपालको बोली नफेरिए बैशाखमा निर्वाचन पक्का

Nepal Business

१५ माघ, २०७८

माधव नेपालको बोली नफेरिए बैशाखमा निर्वाचन पक्का

काठमाण्डौ । 
सरकारलाई आगामी बैशाखमा स्थानीयतहको निर्वाचन गराउनुपर्ने दवाव बढेको छ । स्थानीयतहको निर्वाचन ६ महिना पर धकेल्ने प्रयासमा लागेका सत्ता गठवन्धनकै नेताहरुले बैशाखमा निर्वाचन गराउन सकिने बताएपछि आगामी बैशाखमा स्थानीयतहको निर्वाचन हुने पक्का पक्कि जस्तै भएको छ ।

केहीदिन देखि चर्चामा आएको स्थानीयतहको निर्वाचनका बारेमा कानुन व्यवसायिहरुले संविधानत स्थानीयतहको निर्वाचन सार्न नसकिने बताउँदै आएका छन् । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीसंगको भेटमा संविधानमा भएको व्यवस्था अनुसार गर्न सुझाएपछि प्रधानमन्त्री बैशाखमा निर्वाचन गराउने मुडमा देखिनुभएको थियो ।

 बैशाखमा चुनाव भएपनि आफुहरु सामना गर्न तयार रहेको बताउनुभएको छ । यस पछि लगत्तै सत्ता गठवन्धनको बैठकमा गएर पनि यदी माधव कुमार नेपालले यही कुरा राख्ने हो भने आगमी बैशाखमा स्थानीयतहको निर्वाचनमा लगभग सहमति जुट्ने देखिन्छ ।

तर गठवन्धमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता पुष्पकमल दाहाल र माधव कुमार नेपालले बैशाखमा निर्वाचन गर्न नहुने तर्क पेश गरिरहेपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको थियो । तर शनिवार मात्रै काठमाण्डौमा आयोजित आफ्नो पार्टी निकट निजामती कर्मचारीहरुको कार्यक्रममा बोल्दै नेता माधव कुमार नेपालले आफु चुनावबाट नडराएको प्रतिक्रिया दिँदै बैशाखमा चुनाव भएपनि आफुहरु सामना गर्न तयार रहेको बताउनुभएको छ ।

यस पछि लगत्तै सत्ता गठवन्धनको बैठकमा गएर पनि यदी माधव कुमार नेपालले यही कुरा राख्ने हो भने आगमी बैशाखमा स्थानीयतहको निर्वाचनमा लगभग सहमति जुट्ने देखिन्छ । तर माधव नेपालले आफ्नो पार्टीका कार्यकर्ताको अगाडि बोलेको कुरा गठवन्धन बैठकमा बोल्छन् वा बोल्दैनन् त्यो भने सोचनिय विषय छ । \

प्रधानमन्त्री देउवा निर्वाचन गर्ने पक्षमा देखिनुभएको छ भने एमालेले निर्वाचनका लागि मिति घोषणा गर्न भन्दै आएको छ । सरकारको भविष्यसंग जोडिएका माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण निर्णय गर्न नसक्नुभएका देउवालाई पनि यदी माधव नेपालले साथ दिए निर्णय गर्न सहज हुनेछ ।