२५ बैशाख, २०८१ मंगलबार

02:33:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ अर्ब २७ करोडको लागतमा ठूलाखोला जलविद्युत आयोजना निर्माण हुँदै

१५ माघ, २०७८

३ अर्ब २७ करोडको लागतमा ठूलाखोला जलविद्युत आयोजना निर्माण हुँदै

म्याग्दी
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । 
आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिनुभयो । बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म ९ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ, उहाँले भन्नुभयो । उहाँले एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न शुरु गरिने बताउनु भयो । 

३ हजार ६०० मिटर लामो सुरुङ र १ किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताउनुभयो । 

कूल ३ अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत गृहको कामले गति लिएको छ । 

कूल ३ अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत गृहको कामले गति लिएको छ । 

विद्युत गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युतगृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताउनुभयो । 

यस आयोजनाबाट उत्पादन भएको विद्युत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६।८ मेगावाट क्षमताका चार जलविद्युत आयोजनाले निर्माणको अनुमति लिएका छन् । 

५.५ मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

तुदी पावर लिमिटेड प्रवर्तक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युतआयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो । 

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत विकास विभागले जनाएको छ । 

राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।