२५ बैशाख, २०८१ मंगलबार

06:22:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वुद्ध जयन्तीका दिन, गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन हुने

१५ माघ, २०७८

केही साना तिना कामहरु बाँकी रहेपनि त्यो काम आगमी बैशाख मसान्तसम्म सम्पन्न गरि जेष्ठमा वुद्ध जयन्तीका दिन विमानस्थल उद्घाटनको तयारी भईरहेको छ ।

वुद्ध जयन्तीका दिन, गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन हुने

फोटो एभियसन नेपालबाट 

काठमाण्डौ । 
धेरैको चासो रहेको राष्ट्रिय गौरवको आयोजना गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल आगमी जेठमा उद्घाटन हुने भएको छ । निर्माण कार्य सम्पन्न गरी परिक्षण उडानका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राविधिकको टोलीले गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको परिक्षण गरिरहेका छन । परिक्षण उडानसंगै विमानस्थलको औपचारीक उद्घाटनको मिति तय गरिने नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

कुनै ठूलै फेरवदल नभए जेष्ठमा विमानस्थल उद्घाटनको तयारी भईरहेको छ 

विमानस्थलको औपचारीक उद्घाटन आगामी जेष्ठमा हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण स्रोतका अनुसार अहिले विमानस्थलको सम्पूर्ण भौतिक निर्माणको कार्य सम्पन्न भईसकेको छ । केही साना तिना कामहरु बाँकी रहेपनि त्यो काम आगमी बैशाख मसान्तसम्म सम्पन्न गरि जेष्ठ पहिलो साता विमानस्थल उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेष्ठमा वुद्ध जयन्तीका दिन विमानस्थल उद्घाटनको तयारी भईरहेको छ ।

कुनै ठूलै फेरवदल नभए जेष्ठमा विमानस्थल उद्घाटनको तयारी भईरहेको छ प्राधिकरण स्रोतले भनेको छ । विमानस्थलमा परिक्षण उडानका लागि पनि अन्तिम तयारी भइसकेको छ । थाई एयर लगाएतको प्राविधिक टोली भैरहवा पुगिसकेको छ । विमानस्थलको रनवे, टावर, भवन लगाएतको सबै पूर्वाधार निर्माणको काम सकिएको छ । यसैगरी विमानस्थलको साजसज्जाको काम पनि अन्तिमचरणमा पुगेको छ ।

अहिलेसम्म एक वटा मात्र अन्तराष्ट्रिय विमानस्थल रहेको नेपालमा भैरहवामा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै अन्तराष्ट्रिय स्तरका दुईवटा विमास्थल हुनेछन् । यसैगरी अर्को अन्तराष्ट्रिय विमानस्थल पोखरामा पनि निर्माण भईरहेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको काम पनि तिव्र गतिमा अगाडि बढेको बताइएको छ ।

निर्धारित मितिमै निर्माण सम्पन्न गर्ने तयारीका साथ कामको गति बढाइएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल केही प्राविधिक समस्याका कारण केही ढिला हुने जनाईएको छ । नेपालमा योसंगै अर्को निजगढमा अन्तराष्ट्रि विमानस्थल निर्माण गर्ने भनिएपनि यसका विषयमा धेरै विवाद भईरहेको छ । विवादकाबीच जग्गा अधिग्रहणको काम र जंलगलको रुक कटान गर्ने विषयमा सहमति जुट््न नसक्दा निजगढ विमानस्थलको काम भने अगाडि बढ्न सकेको छैन ।