७ जेठ, २०८१ सोमबार

02:38:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्ञानचन्द्र आचार्य बेलायतको लागि राजदूत नियुक्त

Nepal Business

१४ माघ, २०७८

ज्ञानचन्द्र आचार्य बेलायतको लागि राजदूत नियुक्त

काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपतिले  शुक्रबार उहाँलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
यस अधि उहाँ संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा अल्प विकशित, भूपरिबेष्ठित विकाशोन्मुख र साना टापु विकाशोन्मुख मुलुकका लागि उच्च प्रतिनिधि रहनु भएको थियो। आचार्य सन् २०१२ मा राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनबाट उपमहासचिवमा नियुक्त हुनु भएको थियो । उहाँ  संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कमा राजदूत भैसक्नु भएको छ।