४ जेठ, २०८१ शुक्रबार

08:42:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० लाख सङ्कलन गर्ने लक्ष्यसहित घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

१४ माघ, २०७८

२० लाख सङ्कलन गर्ने लक्ष्यसहित घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

हुम्ला 
हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै  कर उठाउन सुरु गरेको हो। 

गाउँपालिकाले चालु आर्थिक वर्षमा घरबहाल करबाट २० लाख सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । चालु आर्थिक वर्षको कूल बजेट ४७ करोड २७ लाख ८६ हजार रहेको गाउँपालिकाले आन्तरिक आय २० लाख उठाउने लक्ष्य राखेको छ भने यस लक्ष्यमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष अभियानकै रुपमा घरबहाल  उठाउने भएको छ । सोही गाउँपालिकाका लेखाप्रमुख विशाल बोहराले भन्नुभयो, गाउँपालिकाभित्र रहेका सरकारी, गैरसरकारी संस्था, वित्तीय संस्था व्यवसायहरुबाट घरबहाल कर सठाउने कार्य सुरु भएको छ । सरोकारवाला पक्षसँग छलफल गरेपछि कर तिर्नुपर्ने व्यक्ति तथा संस्था उक्त कर तिर्न सहमत भएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले कर उठाउन सुरु गरेको पहिलोपटक चारवटा वित्तीय संस्थाले घरबहाल कर  दाखिला गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा ४० देखि ५० सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी र होटेल व्यवसायीबाट उक्त कर असुली हुने भएको छ । 

गाउँपालिकाले कर उठाउन सुरु गरेको पहिलोपटक चारवटा वित्तीय संस्थाले घरबहाल कर  दाखिला गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा ४० देखि ५० सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी र होटेल व्यवसायीबाट उक्त कर असुली हुने भएको छ । 

यसैगरी गाउँपालिकाले दोस्रो चरणमा सबै व्यवसायी, व्यक्तिलाई पनि अनिवार्य रुपमा घरबहाल कर तिर्न प्रचारप्रसार गर्ने भएको छ । तेस्रो र चौथो चरणमा घरभाडामा दिने व्यक्तिसँग गाउँपालिकाले छलफल गर्ने भएको छ । यो वर्ष परीक्षणका क्रममा रहेकाले आर्थिक वर्ष २०७९÷८० देखि अनिवार्य गरिने गाउँपालिकाले बताएको छ । आन्तरिक स्रोतको आम्दानी निकै कम भएको सिमकोट गाउँपालिकामा घरबहाल कर सङ्कलन गर्न थालिएपछि गाउँपालिकाको आम्दानीसमेत वृद्धि हुने भएको छ । 

यस्तै खार्पुनाथ गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सुरु गर्ने जानकारी दिएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोटले चाडै सुरु गर्ने जनाएका छन् । 

संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकार क्षेत्रभित्र पारेको छ । सोही बमोजिम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले पनि घरबहाल करको सङ्कलन अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई प्रयोग गरी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट पारित गरिसकेको छ। रासस