४ जेठ, २०८१ शुक्रबार

07:52:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खरेजीको चरणमा पुगेको सहकारी वोर्डले पुर्नजीवन पायो : मन्त्री श्रेष्ठ

Nepal Business

१४ माघ, २०७८

खरेजीको चरणमा पुगेको सहकारी वोर्डले पुर्नजीवन पायो : मन्त्री श्रेष्ठ

काठमाण्डौ । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको सुधारका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । 
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त हुनु भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई सवल, सक्षम र उदाहरणिय बनाउन आफुहरु सदैब प्रतिवद्ध रहेको बताउनुभयो । उँहाले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताउनु भयो । 

उहाँले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सहकारी बोर्डको अध्यक्ष समेत रहनु भएको मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । 
उहाँले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा समेत जोड दिनुभयो । 
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्नेकुराको पुष्टी गर्नु आवश्यक रहेको बताउनुभयो ।   ।
राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।