२१ चैत, २०८१ बिहिबार
04:26:27 AM
२७ बैशाख, २०८०
उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने ३ दलका शीर्ष नेताहरूबीच सहमति भएको बताएका छन् ।
बुधवार सिंहदरबारमा भएको प्रमुख ३ दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरूबीच सहमति भएको बताए ।
बुधवार सिंहदरबारमा भएको प्रमुख ३ दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरूबीच सहमति भएको बताए ।
उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको बताए ।
उनले भने, ‘हामीहरूको भेट बढी चाहिँ सदनलाई कसरी सुचारु रूपले लैजाने, त्यहाँ समितिहरू बनाउने, संयुक्त समितिहरू बनाउने विषयमा नै छलफल गरेको हो । तपाईंहरूलाई लागेको छ, त्यहीँ एउटै केसमा होला भनेर त्यो चाहिँ होइन । आशंका गर्नुपर्ने केही कारण छैन ।
हामीले बिल्कुल क्लियर भाषामा भनेका छौं – दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् । प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौं प्रहरीलाई ।
प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन ।