१५ बैशाख, २०८१ शनिबार

04:24:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिजनेश समिट : देशलाई बर्बादी हुनबाटबाट रोक लगाउन सबै स्टेक होल्डर एक भएर लाग्नुपर्छ-केपी ओली

Nepal Business

२४ बैशाख, २०८०

यसका लागि सरकारी, निजी सहकारीलगायतका क्षेत्र मिसिएर संयुक्त इन्टायर फोर्स लाग्नुपर्नेमा उहाँको जोड थियो । अहिले अर्थतन्त्र खस्कनुमा जनता वा व्यवसायीको दोष नदेखिने भन्दै उहाँले भन्नुभयो, 'पोलिसी मेकिंगमा दोष छ, व्यवस्थापन र कन्डक्टमा दोष छ ।'

बिजनेश समिट : देशलाई बर्बादी हुनबाटबाट रोक लगाउन सबै स्टेक होल्डर एक भएर लाग्नुपर्छ-केपी ओली

नेकाप (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले डेढ/दुई वर्षमा मुलुकको मन्दीतर्फको खस्काइलाई ब्रेक लगाउन सकिएन भने देश बर्बादीतर्फ जाने बताउनुभएको छ । 

नेपाल बिजनेश समिट २०२३ लाई आज साँझ सम्बोधन गर्दै उहाँले यदी त्यस्तो भयो भने देश सम्हाल्नै नसकिने अबस्थामा पुग्ने र भोकमरीमा जाने दावी पनि गर्नुभयो । सम्मेलनको आज विहान प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको थियो । 

नेपाल बिजनेश समिट २०२३ लाई आज साँझ सम्बोधन गर्दै उहाँले यदी त्यस्तो भयो भने देश सम्हाल्नै नसकिने अबस्थामा पुग्ने र भोकमरीमा जाने दावी पनि गर्नुभयो । सम्मेलनको आज विहान प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको थियो । 

यसका लागि सरकारी, निजी सहकारीलगायतका क्षेत्र मिसिएर संयुक्त इन्टायर फोर्स लाग्नुपर्नेमा उहाँको जोड थियो । अहिले अर्थतन्त्र खस्कनुमा जनता वा व्यवसायीको दोष नदेखिने भन्दै उहाँले भन्नुभयो, 'पोलिसी मेकिंगमा दोष छ, व्यवस्थापन र कन्डक्टमा दोष छ ।' 

यो दुई वर्षमा देश जसरी गयो धेरै दुखको कुरा भएको बताउँदै उहाँले यसको समाधान भने रहेको पनि उहाँले बताउनुभयो । उहाँले अब समस्या छन् भनेर होइन समाधान प्रस्तुत गरेर जानुपर्छ । सम्भावनाहरु रहेका छन्, चुनौतीलाई क्रस गरेर सम्भावनाहरुमा परिणात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

'तरलताको अभावमा व्यवसायीले लोन पाउन सकिराख्नुभएको छैन, १० वर्षका लागि लोन दियो भने दुई महिनामा फिर्ता गर भन्छ', ओलीले भन्नुभयो, 'धानको बीउ लगेर धान फलिसक्यो पाकेपछि बीउ ले भन्छ, छरिसकेको बीउ कहाँबाट ल्याउने बैंकले दिएको ऋण तपाईले कहाँबाट ल्याउनु, कुरा तपाइँहरु भोगिरहनुभएको छ, अर्थतन्त्रलाई नविग्रोस भन्ने तपाइँहरुको चाहना छ, फेरि पनि विग्रिरहेको छ किन ?' उहाँले राजस्व संकलन र परिचालन निराशाजनक रहेको बताउनुभयो ।