३ मंसिर, २०८१ सोमबार

11:35:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनुमतिविना फोटो/भिडियो खिच्दैहुनुहुन्छ... ?

१३ माघ, २०७८

अनुमतिविना फोटो/भिडियो खिच्दैहुनुहुन्छ... ?

नेपाल विजनेस समाचारदाता,
१३ माघ । तपाईँले अनुमति नलिइ कसैको फोटो वा भिडियो खिच्नुभएको छ ? वा त्यसरी खिचेको सामग्री सामाजिक सञ्चालहरुमा हाल्नुभएको छ ? यदी त्यस्तो गर्नु भएको भए अब भने तपाईँ कारवाहीको भागिदार हुन सक्नुहुन्छ । बेलैमा ख्याल गर्नुहोला, नत्र प्रहरीको फन्दामा परिएला । 

गृहमन्त्रालयले यसरी अनुमति नलिइ फोटो भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने विरुद्ध कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ

गृहमन्त्रालयले यसरी अनुमति नलिइ फोटो भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने विरुद्ध कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिग्दार लगाउने जस्ता क्रियाकलाप गरी सो को गोप्य भिडियो सामाजिक सञ्जालमा राख्ने कार्यहरु गरेको गुनासो आएपछि गृह मन्त्रालयले विहिबार सूचना जारी गरी उक्त चेतावनी दिएको हो ।

‘सार्वजनक स्थानमा गरिएको यस्ता भद्दा प्रकृतिका ख्याल ठट्टाबाट सिकार भएका व्यक्तिमा देखिनसक्ने नकारात्मक प्रभाव एबं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्नसक्ने असरसमेतलाई ध्यानमा राखी व्यक्तिको अनुमति विना कुनै पनि प्रकारका फोटो, भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा जो सुकैलाई पनि कानून अनूसार कारवाही हुनेछ’, मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।