२४ बैशाख, २०८१ सोमबार

12:06:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ठगी मिलेमतोकोे आरोपमा सचिव टेकनारायण पाण्डे पक्राउ, पूर्वमन्त्री रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी जारी

Nepal Business

२० बैशाख, २०८०

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

 ठगी मिलेमतोकोे आरोपमा सचिव टेकनारायण पाण्डे पक्राउ, पूर्वमन्त्री रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी जारी

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई आज हिरासतमा लिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।”

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई आज हिरासतमा लिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।”

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

सोही घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।