२६ बैशाख, २०८१ बुधबार

04:57:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ: प्रधानमन्त्री दाहाल

Nepal Business

१८ बैशाख, २०८०

उहाँले भन्नुभयो, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।”

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” 

आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।” 

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले परिणाम न निस्किँदासम्म आफूले  धेरै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निरासा बाँड्ने काम रोक्नु पर्छ ।” सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहधानी र लाइसेन्समा सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो । 

 विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो । पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उहाँले अझ बढाउने तयारीमा सरकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”  

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उहाँले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्णहुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”