२२ माघ, २०८१ मंगलबार
09:46:43 AM
१३ माघ, २०७८
१३ माघ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज एक दम्पति मृत फेला परेका छन् ।
यसरी मृत्यु हुनेमा स्थानीय ५२ वर्षका पदमबहादुर थिङ र उनकी श्रीमती फूलकुमारी रहेका छन्
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार घरमा सुतेका दुबैजना बन्द कोठाभित्र मृत भेटिएका हुन् । यसरी मृत्यु हुनेमा स्थानीय ५२ वर्षका पदमबहादुर थिङ र उनकी श्रीमती फूलकुमारी रहेका छन् । कोठाभित्र आगो बालेको कोइलासमेत फेला परेकाले निसासिएर मृत्यु भएको अनुमान गरिएको छ ।
दुबैको शवलाई परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
विहान अबेरसम्म नउठेपछि कोठा फुटाएर हेर्दा मृत फेला परेको परिवारको भनाइ उद्यृत गर्दै प्रहरीले जानकारी दिएको छ । शरीरमा अन्य घाउचोट भने नरहेको जनाइएको छ ।