१५ चैत, २०८० बिहिबार

08:56:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित

Nepal Business

१६ बैशाख, २०८०

नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ । यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन् । लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन् ।

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित

मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । 

नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् । 

नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् । 

नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ । यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन् । लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन् ।

 चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरुमा आशा पलाएको हो । दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन । केही समय यता पुल निर्माणले गति लिएको छ । पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित छन् । अहिले पुलको ढलानको काम हुन थालेको छ । 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो । विसं २०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन ।

 निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि विसं २०८९ पुससम्म म्याद थप गरिएको थियो । पुसमा पनि पुल बनेन । निर्माण कम्पनीले असार मसान्तसम्म सक्नेगरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सबइञ्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि रु दुई करोड तीन लाखमा जुम्ली/विके जेभिले जिम्मा लिएको पुनको भनाइ छ । पुनका अनुसार अहिले पुलको ८५ प्रतिशत काम सकिएको छ । 

उहाँ भन्नुहुन्छ, “सुरुमा निर्माण कम्पनीले विभिन्न समस्या देखाएर काम गरेन, अहिले तीव्र गतिमा काम भएको छ, यो पुल अघिल्लो वर्षमै सकिएर सञ्चालनमा आउनुपर्ने हो, तर काम नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन, धेरै काम बाँकी छैन, अहिलेकै हिसाबले काम निरन्तर भयो भने अबका दुई÷तीन महिनामा पुल सम्पन्न हुन्छ, यो बर्खामा सञ्चालन हुने देखिएको छ ।”

अहिलेसम्म पुल नबन्दा आफूहरुले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको स्थानीय कृषक हिराबहादुर पुनले बताउनुभयो । उहाँले खास गरी गाउँमा कृषकले बर्खे तरकारी बढी उत्पादन गर्ने जनाउँदै खोलामा पुल नबन्दा डोकोमा बोकेर बजारसम्म पु¥याउनुपरेको दुखेसो पोख्नुभयो । पुल निर्माणपछि उत्पादनले बाह्रै महिना बजार पाउने पुनको भनाइ छ । सडक नजिक भए पनि बर्खामा धेरै समस्या भोग्नुपरेको पुन बताउनुहुन्छ ।