६ मंसिर, २०८१ बिहिबार

08:59:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनलाईन सेवासंगै, पहिचान फेरेको बैदेशिक रोजगार कार्यालय

१३ माघ, २०७८

अनलाईन सेवासंगै, पहिचान फेरेको बैदेशिक रोजगार कार्यालय

काठमाण्डौ । 
नेपाल विजनेश संवाददाता

बैदेशिक रोजगार कार्यालय काठमाण्डौले अनलाईन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्यसुरु गरेसंगै अहिले दैनिक ९ सय भन्दा बढि सेवाग्राहीले अनलाईनबाट सेवा लिईरहेका छन् । सेवा प्रवाह सहज भएको छ । ढिलासुस्ती, अनियमितता र कर्मचारीले दुःख हैरानी दिए भन्ने गुनासो शुन्य भएको बैदेशिक रोजगार कार्यालय काठमाण्डौ ताहाचलका कार्यालय प्रमुख रमेश आर्यालले जानकारी दिनुभयो ।

अनलाइन फारम भरिदिने, छिटो काम गरिदिने बहानामा कोही कसैले सेवाग्राहीसंग रकम असुल्ने सम्भावना रहेको भन्दै यस प्रति आफुहरु सचेत रहेको अर्यालले बताउनुभएको छ । 

उँहाले अनलाईन प्रणाली नहुँदा सेवाग्राहीको भिडभाड बढि देखिने श्रम कार्यालय काठमाण्डौमा अहिले सेवाग्राहीको उपस्थिती शुन्य रहेको बताउनुभयो । नयाँ श्रम स्वीकृतिका लागि आउने केही सेवाग्राही बाहेक कार्यालयमा सेवाग्राहीको भौतिक उपस्थिती नभएपछि आफुहरुलाई काम गर्न सहज भएको कार्यालयका प्रमुख अर्यालले जानकारी दिनुभएको छ । अनलाईनबाट उपलब्ध कागजातहरुलाई जतिसक्दो छिटो रेस्पोन्स गर्ने गरेको बताउनुभयो । पहिलेजस्तो फाईल पल्टाएर हेर्नु पर्ने अवस्था छैन र सेवाग्राहीसंग दोहोरो संवाद पनि गर्नुपर्दैन त्यसैले पनि काम छिटो छरितो सम्पन्न गर्न सहज भएको छ, अर्यालयले भन्नुभयो ।

आफुहरुले व्यक्तिगत नयाँ श्रम स्वीकृतिका लागि विदेश जानेहरुको एक पटक सनाखत गर्नुपर्ने भएका कारण कार्यालयमै उपस्थित हुने बाहेक अन्य सेवाहरु अनलाईनबाटै दिने गरेको अर्यालले बताउनुभयो । उँहाले २०७८ साउनयता अहिलेसम्मको अवधिमा ८ हजार जनाले मात्रै नयाँ श्रमस्वीकृति लिएको जानकारी दिनुभयो । यसैगरी विभिन्न समयमा विदेशमा काम गरेर नेपाल फर्केकाहरुको बैधानीकरण गर्ने कार्य पनि कार्यालयले गर्दै आएको छ । यसरी बैधानीकरण गर्नेको संख्या साउनयता ५  हजार रहेको छ । अनलाईन प्रणालीबाट सेवा प्रवाह हुनुभन्दा पहिले सेवाग्राहीको भिडभाडसंगै हुने लेनदेनको काम पूर्णरुपमा बन्द भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

पहिले कार्यालयका कर्मचारीदेखी बिचौलिया सम्मको सेटिङमा काम हुने, भ्रष्टाचारको आरोपमा कार्यालयबाटै कर्मचारी पक्राउ पर्ने, काम ढिला हुने, कागजात नपुग्दा मिलाएर गर्ने सम्भावना हुथ्यो 

अनलाईन प्रणाली सामान्य कम्यूटर ज्ञान भएको मानिसले पनि चलाउन सक्नेगरी विकास गरिएको भन्दै अर्यालले सेवाग्राही आफैले पनि अनलाईन फारम भर्न सक्ने बताउनुभयो । अनलाइन फारम भरिदिने, छिटो काम गरिदिने बहानामा कोही कसैले सेवाग्राहीसंग रकम असुल्ने सम्भावना रहेको भन्दै यस प्रति आफुहरु सचेत रहेको अर्यालले बताउनुभएको छ । यस्तो अवस्था केही अझै हुनसक्छ तर यो पनि समयक्रमसंगै अन्त्य हुने उहाँको विश्वास रहेको छ । पहिले कार्यालयका कर्मचारीदेखी बिचौलिया सम्मको सेटिङमा काम हुने, भ्रष्टाचारको आरोपमा कार्यालयबाटै कर्मचारी पक्राउ पर्ने, काम ढिला हुने, कागजात नपुग्दा मिलाएर गर्ने सम्भावना हुथ्यो भने अव अनलाईन प्रणालीमा सफ्टवेयरले भनेअनुसारका कागजात राख्ने हो, नहुँदा सफ्टवेयरले नै कागजात नपुगेको भन्छ त्यसैले सजिलो भएको छ अर्यालले भन्नुभयो ।

नेपाल सरकारले अगाडि बढाएको डिजिटल नेपालको अवधारणालाई सहयोग पु¥याउँदै श्रम कार्यालयहरुलाई लाग्दै आएको आरोप चिर्न अनलाईन प्रणाली सहयोगी बन्ने उहाँको धारणा छ । यसलाई अझै समय सापेक्ष रुपमा परिमाजिर्त गर्दै जतिसक्दो सेवाग्राही मैत्री बनाउँदै जाने विषयमा मन्त्री, सचिव र सरोकारवाला निकायका जिम्मेवार अधिकारीहरु सकारात्मक रहेको समेत अर्यालले बताउनुभयो । आफुहरुले सेवाग्राहिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उहाँले सुधारका पक्षहरु भए औल्याएर भनिदिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।