२२ बैशाख, २०८१ शनिबार

07:28:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालीगण्डकीमा ३१ हजार माछा थप, प्राकृतिक जलाशयमा माछा प्रवद्र्धन योजना

१३ माघ, २०७८

कालीगण्डकीमा ३१ हजार माछा थप, प्राकृतिक जलाशयमा माछा प्रवद्र्धन योजना

१३ माघ ।  कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा नदीमा छाडेको हो । 

पूर्वी नवलपरासीको  गैँडाकोट नगरपालिका वडा नम्वर ३ को ढोडेनीदेखि १० किलोमिटरमाथि महेश्वर खोला भ्रोक्रेफाट भन्ने स्थानमा पुगेर कालीनदीमा माछा छाडेको हो । 

जलिय जैविक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने 

कालीनदीमा माछाका भुरा छाड्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडलले नदीमा माछाको प्रर्वद्धन गरी प्रकृतिको संरक्षणमा प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्रले महत्वपुर्ण काम गरेको बताउनुभयो । जलिय जैविक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने मेयर पौडेलको भनाई छ । कालीनदीको संरक्षणका लागि यो महत्वपुर्ण काम भएको पौडेलले बताउनुभयो । 

केन्द्रले यस अघि मकवानपुरको सामारी नदीमा ३४ हजार र नारायणी नदीमा ४० हजार भुरा छोडिसकेको छ  । त्यस्तै कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताउनुभयो । खोलानालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ ।