७ जेठ, २०८१ सोमबार

01:07:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव, स्थानीय निर्वाचन समयमै गर्नुस

१३ माघ, २०७८

राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव, स्थानीय निर्वाचन समयमै गर्नुस

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीयतहको निर्वाचन संविधानमा भएको व्यवस्था अनुसारनै गर्न सुझाव दिनुभएको छ । 

बिहीबार शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले स्थानीयतहको निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न सुझाव दिनुभएको हो । 
राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने सुझाव दिएको राष्ट्रिपति कार्यालयले जनाएको छ ।


स्थानीयतहको निर्वाचनसंगै अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सञ्चार माध्ययमलाई जानकारी दिनुभउको छ । 

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । ‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाले भन्नुभएको थियो ।

भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।