२० बैशाख, २०८१ बिहिबार

12:08:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता, साना उद्योगमा बढी लगानी प्रस्ताव

Nepal Business

६ बैशाख, २०८०

तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

 नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता, साना उद्योगमा बढी लगानी प्रस्ताव

नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो ।

उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो ।

उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो ।

तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६४ करोड नौ लाख, भदौमा रु तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा रु एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु तीन अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मङ्सिरमा रु ८० करोड आठ लाख, पुसमा रु चार अर्ब ८५ करोड २० लाख, माघमा रु एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा रु पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा रु छ अर्ब ३२ करोड, असोजमा रु एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा रु ९८ करोड, मङ्सिरमा रु पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा रु ५३ करोड ९५ लाख र फागुनमा रु दुई अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।