२३ बैशाख, २०८१ आइतबार

01:06:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

१३ माघ, २०७८

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

काठमाण्डौं

बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।

‘पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौँ र कारबाही गछौँ’, उहाँले भन्नुभयो, ‘कानुनी कारबाहीमा आएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ ।’

मन्त्री दाहालले कार्यालयमा कहीँकतै सेटिङ रहेको पाएमा त्यसलाई निर्मम तरिकाले नियन्त्रण गर्ने उल्लेख गर्दै ‘कार्यालयभित्र कहीँकतै कर्मचारीको सेटिङ छ भने हामी खोजी गर्नेछौँ र त्यसलाई निर्मम तरिकाले नियन्त्रण गछौँ’, भन्नुभयो । बाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो ।

सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गर्नुभएको हो । सो अवसरमा सचिव शाहले ढड्डा प्रणलीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने बताउनुभयो ।

उहाँले वाग्मतीलई नमूना प्रदेश बनाउने गरी काम गरिने बताउँदै मन्त्रालय अन्तर्गतका कार्यालय तथा निकायमा बिचौलियालाई रोक्ने र भ्रष्टाचार शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।