१९ बैशाख, २०८१ बुधबार

02:01:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसकारण घट्यो उपत्यकामा खानेपानी चुहावटको समस्या

Nepal Business

२९ चैत, २०७९

परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उहाँले बताउनुभयो ।

यसकारण घट्यो उपत्यकामा खानेपानी चुहावटको समस्या

दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ । 

मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ । अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । 

मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो ।

अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ । अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ ।” चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ । नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उहाँले बताउनुभयो । 

परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उहाँले बताउनुभयो । 

निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन् । परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उहाँले बताउनुभयो । निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप विच्छ्याउँदा सँगै १० ठाउँमा ट्याङ्की निर्माण गरेको थियो । अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ । नयाँ ट्याङ्की परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो ।