१७ माघ, २०८१ बिहिबार
11:31:36 AM
२९ चैत, २०७९
पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको जानकारी गराएको छ ।
साँढे २ करोड मागेको अडियो टेप सार्वजनिक भएपछि डा ढाकामुकार श्रेष्ठको सांसद पद गुमेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेपछि उनको सांसद पद गुमेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेपछि उनको सांसद पद गुमेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज उनलाई कारबाही गरेको छ । पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको जानकारी गराएको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले बताए । साथै उनको स्थानमा समानुपातिक सूचीमा रहेका बिन्दवासिनी कंसाकारलाई संसद बनाउने प्रक्रिया निर्वाचन आयोगमार्फत अगाडि बढाउने निर्णय गरेको सभापति लामिछानेले बताए ।
डा श्रेष्ठले आफू मन्त्री बन्न लागेको भन्दै एक मेडिकल व्यवसायीसँग साँढे २ करोड माग गरेको अडियो सार्वजनिक भएको थियो ।