६ मंसिर, २०८१ बिहिबार
07:33:43 PM
२३ चैत, २०७९
वारिपट्टि हावाको बेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिँदा उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्धवारी हिमाल ९द्धवारी भन्ज्याङ०सँगै अन्य हिमाल टलक्क टल्किँएको दृश्यले लोभ्याउँछ । सिस्ने हिमालको उचाइ पाँच हजार नौ सय ११ मिटर छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ ।
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।
यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज छैन । गए पनि बसाइ व्यवस्थापन असहज छ । प्रचार–प्रसारको पनि अभाव छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङका केही ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ । गुप्ता दह केही समय अघिसम्म गुमनाम अवस्थामा थिए ।
यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज छैन । गए पनि बसाइ व्यवस्थापन असहज छ । प्रचार–प्रसारको पनि अभाव छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङका केही ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ । गुप्ता दह केही समय अघिसम्म गुमनाम अवस्थामा थिए । पछिल्लो समय सिस्ने हिमालसँगसँगै गुप्ता दहको नाम पनि जोडिएर आउन थालेको छ । आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्दै गएको छ ।
जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ । अहिले सामान्यतया मानिसले बढी प्रयोग गर्ने मार्ग रुकुमकोट–नायगाड–भट्टेचौर–ओख्रेना–दमार–गुप्ताको मार्गबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुगिन्छ । डाँडाकाँडा घुम्दै र रमाउँदै हिँड्ने हो भने बाटोमा मात्रै तीन दिन पनि छुट्याउनुपर्ने हुन्छ ।
वारिपट्टि हावाको बेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिँदा उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्धवारी हिमाल ९द्धवारी भन्ज्याङ०सँगै अन्य हिमाल टलक्क टल्किँएको दृश्यले लोभ्याउँछ । सिस्ने हिमालको उचाइ पाँच हजार नौ सय ११ मिटर छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ ।
किन भनियो गुप्ता ?
गुप्ता दह पनि एउटामा सीमित छैन । सानो र ठूलो गरी दुई छन् । दर्जन बढी ताल रहेको यस ठाउँमा यी दुई दह गुमनाम अर्थात् गुप्त अवस्थामा रहेका कारण यी दहको नाम गुप्त रहेको वडा नं १ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो ।
पछि सबै मानिसले गुप्त छाडेर गुप्ता भन्दा अहिले गुप्ता दहको नामले यो ठाउँ परिचित भएको उहाँको भनाइ छ । उहाँका अनुसार गुप्ता दह अवस्थित ठाउँलाई लिरुमारे पनि भनिने गरेको छ । परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ ।
यो वडामा नौ ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताललगायतका अन्य हिमताल पनि छन् । केही सीमिति व्यक्ति यी ठाउँमा पुगे पनि नौ दह ताल, दोसान्त ताल, रक्त ताल कस्ता छन् भन्ने कुरा धेरैलाई थाहा छैन ।