२३ बैशाख, २०८१ आइतबार

11:56:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विहानै महिन्द्राको सर्भिस सेन्टरमा आगलागी हुँदा गाडीहरु जले

Nepal Business

२० चैत, २०७९

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

विहानै महिन्द्राको सर्भिस सेन्टरमा आगलागी हुँदा गाडीहरु जले

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

‘क्षतिको विवरण संकलन भइरहेको छ । तर अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण प्राप्त भएको छ,’ डीएसपी साहले भने ।