२१ बैशाख, २०८१ शुक्रबार

10:08:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करका दर हेरफेरको आरोप लागेका पूर्वनासु विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

Nepal Business

१९ चैत, २०७९

गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका उनले अकुत आर्जन गरेको अख्तियारले जनाएको छ ।

करका दर हेरफेरको आरोप लागेका पूर्वनासु विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनी विरुद्द विशेष अदालतमा २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनी विरुद्द विशेष अदालतमा २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका उनले अकुत आर्जन गरेको अख्तियारले जनाएको छ । 

उनले २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए ।

आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै गैरकानुनी सम्पत्तिका रुपमा किटान गरेर अख्तियारले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो र सोही रकम बराबर नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढेको र बढाइएको चल अचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले श्रीमतीलाई भन्सार एजेन्ट बनाएको पनि पाइएको छ ।