२३ बैशाख, २०८१ आइतबार

03:05:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाङ्ग्रा सापटी लिएर भारतबाट आयो नेपाल एयरलाइन्स

Nepal Business

१७ चैत, २०७९

जहाजको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चार वटा पाङ्ग्राको व्हिल–एसेम्ब्ली पन्चर भएको थियो । यसपछि कतार एयरवेजसँग भाडा तिर्ने सर्तमा पाङ्ग्रा सापटी लिइएको हो

पाङ्ग्रा सापटी लिएर भारतबाट आयो नेपाल एयरलाइन्स

पाङ्ग्रा पन्चर भएर दिल्लीमा ग्राउडेड रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पाङ्ग्रा सापटी मागेर फर्किएका छ । 

बिहिबारदेखि दिल्लीमा रहेको निगमको जहाज शुक्रबार अपरान्ह ५ः५० को समयमा काठमाडौँ आइपुगेको हो । 

बिहिबारदेखि दिल्लीमा रहेको निगमको जहाज शुक्रबार अपरान्ह ५ः५० को समयमा काठमाडौँ आइपुगेको हो । 

कतार एयरवेजले जगेडामा राखेको २ वटा पाङ्ग्रा एक दिनका लागि सापटीमा दिएपछि निगमको वाइडबडी काठमाडौँ फर्किएको हो । 

जहाजको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चार वटा पाङ्ग्राको व्हिल–एसेम्ब्ली पन्चर भएको थियो । यसपछि कतार एयरवेजसँग भाडा तिर्ने सर्तमा पाङ्ग्रा सापटी लिइएको हो । 

ती पाङ्ग्रा शनिबार निगमको दिल्ली उडानका क्रममा लगेर कतार एयरवेजलाई दिइने छ । बिहिबार पाङ्ग्रामा समस्या आएपछि २५१ यात्रु दिल्लीमै रोकिएका थिए । 

यसअघि टायर पन्चर हुँदा मालीमा पनि निगमको जहाज ९ दिनसम्म रोकिएको थियो ।