६ मंसिर, २०८१ बिहिबार
11:24:56 PM
१७ चैत, २०७९
सोही क्रममा पर्यटनमन्त्री किरातीले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गर्नुभएको थियो । उहाँले विमानस्थलको सेवाबारे पदाधिकारीसँग एक दर्जनबढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ ।
विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो । उहाँका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नु पर्ने कामको योजना बनाइने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गर्नुभएको छ । देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उहाँले पटकपटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आउनुभएको छ ।
सोही क्रममा पर्यटनमन्त्री किरातीले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गर्नुभएको थियो । उहाँले विमानस्थलको सेवाबारे पदाधिकारीसँग एक दर्जनबढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिनुभयो ।
उहाँले ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भ¥याङबारे, सरसफाइ अभियानलगायतका प्रश्न विमानस्थलका अधिकारीलाई गर्नुभएको थियो । ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे पनि उहाँले जिज्ञासा राख्नुभएको थियो ।
महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ ।
“आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धत्ति विकास भएको छ । विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु । पहिला काम संस्कृतिमा सुधार आवश्यक ठानेको छु र सोहीअनुरुप सुधारको पहल लिएको हुँ”, महाप्रबन्धक तिवारीले भन्नुभयो ।
विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूलै दैनिक सम्पादन गरे÷गराएको कामलाई कम्तीमा शाखा प्रमुखले महाशाखा प्रमुख समक्ष, विभागअन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबर÷म्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिपोर्टिङ गर्नुपर्ने भएको छ । विभाग र महाशाखा प्रमुखको समीक्षा÷समन्वयात्मक बैठक भने हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ ।