२२ बैशाख, २०८१ शनिबार

10:14:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

१३ माघ, २०७८

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

काठमाण्डौं

च्याउ उत्पादक किसान संघले अवैध च्याउ आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ ।  नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशबाट   लामो समयको अवधीसम्म  नसढ्ने क्यामिकल प्रयोग भएको च्याऊ अवैधरुपमा नेपाली बजारमा आयात भइरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले विज्ञप्तीमार्फत सरकारसँग च्याउ आयातमा रोक लगाउन माग गरेको हो । 

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीका अनुसार कोरोना कहरकाबीचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले  आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ। च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो। लामो समयसम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु  नसड्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड  विषाक्त भै सेवन योग्य नभएकाले विदेशी च्याऊ  रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसँग माग गरेको उँहाले बताउनुभयो । 

किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा  कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले भन्नुभयो, ‘विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले बढेको छैन। हामीले घाटा फाईदाको सरोकार नराखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उद्योग टेकाउन चलाइरहेका छौँ । प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको  च्याऊ हाम्रो बजारमा मुल्य गिरावटको अवस्थामा चलिरहेको छ। हामी उत्पादन गर्छौं ।हामीले उत्पादन गरेका छौ । हाम्रै फसल बजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको बेलामा हाम्रै बजारमा परको उत्पादन आऊछ भने  त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न सक्दैनौँ । सरकारलाई निर्विरोध आउने आयातित वस्तु रोक्ने वातावरण मिलाउन  सहयोग पुर्याईदिनुहुन म कर्णाली प्रदेशीको  च्याऊ  किसानको एक प्रतिनिधि अध्यक्षका हैसियतले  हार्दिक अनुरोध गर्दछु साथै मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संघ तथा सम्पूर्ण च्याऊ किसानहरुको तर्फबाट  जोडदार माग पनि गर्दछु ।’

यस्तै किसान संघ नेपालको  माघ ११ गतेको  निर्णय अनुसार  अनाधिकृत रुपमा देश बहिरवाट नेपाल भित्रिने च्याऊलाई निगरानी गर्न सरकारलाई  केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ  संघ तथा जिल्लास्थित च्याऊ  सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाएका छन् । किसान संघ नेपालको केन्द्रीय  टोलीले  प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मूल्य राखि नेपालमा आयात भइरहेकाले नेपाली च्याउ उत्पापदक किसान मारामा परेको विज्ञप्तीमा उल्लेख छ । 

ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।
नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने किसान संघले जनाएको छ। 

भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या भइरहेकाले भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरेको छ । ‘सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा च्याउ किसान पनि साथमा छौँ । सरकारद्वारा अभिभावकत्व प्रदान गरी भारतको च्याउ नेपाल भित्रिन नदिन आवश्यक ऐन कानुन नीति निर्देशन लागु गरियोस् ,’ विज्ञप्तीमा भनिएको छ ।