१६ चैत, २०८० शुक्रबार

03:49:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हवाई सुरक्षाप्रति आक्रामक बन्दै नागरिक उड्डयन प्राधिकरण

Nepal Business

१२ चैत, २०७९

मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । “हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,” उहाँले भन्नुभयो ।

हवाई सुरक्षाप्रति आक्रामक बन्दै नागरिक उड्डयन प्राधिकरण

पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।

स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा  विशेष चासो देखाएको हो ।  

स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा  विशेष चासो देखाएको हो । 

मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । “हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,” उहाँले भन्नुभयो ।
     
हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आउनुभएको छ ।

शनिबार पत्रकारसँगको अन्तरक्रियामा पनि उहाँले हवाई सुरक्षाप्रति कुनै किसिमको कमिकमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताउनुभएको थियो ।
     
यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० सँग आकासमै ठोकिनबाट जोगिएको एयर इण्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो ।