२६ बैशाख, २०८१ बुधबार

08:33:36 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री र सभापतिले देउवाले अर्थमन्त्री बन भन्नुभएको छैन थापा

Nepal Business

११ चैत, २०७९

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस पार्टी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो प्राथमिकता सरकारमा जाने भन्दा पनि पार्टीलाई बलियो बनाउने रहेको बताए ।

प्रधानमन्त्री र सभापतिले  देउवाले अर्थमन्त्री बन भन्नुभएको छैन  थापा

कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी लिन नभनेको बताएका छन् । 

प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाल र पार्टी सभापति देउवाले अर्थमन्त्रीको जिम्मेवारी लिन भनेको तर आफूले नमानेको जस्तो सन्देश गएको भन्दै दुवैबाट त्यस्तो प्रस्ताव नआएको बताएका हुन् । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस पार्टी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो प्राथमिकता सरकारमा जाने भन्दा पनि पार्टीलाई बलियो बनाउने रहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको बेला कांग्रेस महामन्त्री थापाले आफूलाई अर्थमन्त्रीको प्रस्ताव आइनसकेको बताएका हुन् । उनले यसअघि मन्त्री नबन्ने अभिव्यक्ति दिएका थिए ।

बुटवलमा आयोजित कार्यक्रममा थापाले मन्त्री बन्नेबारे भने, ुमलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले बन्न भन्नुभएको हैन । मलाई कसैले केही भनेको छैन । भनेको तर भन्दाभन्दै पनि नमानेको जस्तो सन्देश गएको छ ।ु आफ्नो चर्चा अर्थमन्त्रीका रूपमा भइरहेको बेला आफू मन्त्रिपरिषद्मा सहभागी नहुने थापाले अभिव्यक्ति दिएका हुन् ।