७ मंसिर, २०८१ शुक्रबार
12:43:34 AM
११ चैत, २०७९
खेवाङ, मामाङ्खे, सुरुम्खिम, मेहेलेजस्ता दूरदराजका मानिसलाई हिँड्नुपर्ने बाध्यतामात्रै थिएन । गाउँमा गाडी नपुग्दा पाँचथरको थर्पु बजारबाट खाद्यान्नलगायतका सामानको भारी बोक्नुपर्ने बाध्यता पनि थियो ।
कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपथ्र्यो ।
कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ । सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको समय लगाएर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ । सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको समय लगाएर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
खेवाङ, मामाङ्खे, सुरुम्खिम, मेहेलेजस्ता दूरदराजका मानिसलाई हिँड्नुपर्ने बाध्यतामात्रै थिएन । गाउँमा गाडी नपुग्दा पाँचथरको थर्पु बजारबाट खाद्यान्नलगायतका सामानको भारी बोक्नुपर्ने बाध्यता पनि थियो ।
जहाँबाट भारीसहित याम्फुदिन ओहोरदोहोर गर्न कम्तीमा तीन दिनको समय लाग्थ्यो । क्रमशः सडक विस्तारसँगै गाउँको नजिक सडक आएपछि भारी बोकेर हिँड्नुपर्ने बाटोको दूरी क्रमशः घट्दै गयो । र अहिले गाउँमै गाडी पुग्न थालेपछि भारी बोक्ने कुरा कथाजस्तै हुन थालेको छ ।
अहिले जिल्लाका प्रायः गाउँमा गाडी पुग्न थालेपछि भारी बोक्नुपर्ने वा खच्चड, भरियामार्फत महँगो भाडा दिएर सामान ओसार्नुपर्ने परिस्थिति छैन । गाउँमा खाद्यान्नलगायतका सामानको मूल्य पनि सस्तिएको छ । गाडी नपुग्दा दैनिक उपभोग्य नुन प्रतिकिलो रु ६५ का दरले किन्ने गरेका याम्फुदिनका नागरिकले अहिले रु ३० मै किन्न पाउँछन् ।
“कुनै समय दुई–तीन दिनको समय लगाएर पनि खाद्यान्नलगायतका सामान बोक्नुपर्ने बाध्यता थियो, गाउँमै किन्दा महँगो थियो, सडक आएसँगै अहिले हिँड्नु पनि पर्दैन, भारी बोक्नु पर्दैन, गाउँमै सामान सस्तोमा पनि पाउन थालियो”, याम्फुदिनका अबिरमान राईले भन्नुभयो । मुलुक सङ्घीय संरचनामा गएसँगै गाउँ–गाउँमा भएको सडक विस्तारले दूरदराजका नागरिकको जनजीवन सहज बन्दै गएको राईले बताउनुभयो ।
याम्फुदिन त एक उदारण मात्र हो । केही वर्ष अघिसम्म जिल्लाका सबै गाउँले नागरिकको पीडा उस्तै थियो । अझै पनि यातायात नपुगेका कतिपय यहाँका गाउँबस्तीमा सदरमुकामबाट पुग्न तीन दिनसम्मको सयम लाग्छ । सवारीसाधनमा र पैदल गरेर ओलाङ्चुङगोला, घुन्सा, याङ्माजस्ता गाउँमा पुग्न उक्त समय लाग्छ । ओलाङ्चुङगोला जोड्ने सडक निर्माणको काम भइरहे पनि अझै सडक जोडिएको छैन ।
तर पहिलेजस्तो ओहोरदोहोर गर्न कठिनाइ भने नभएको स्थानीय छेतेन शेर्पाले बताउनुभयो । कतिपय कामका लागि सदरमुकाम आएर घर फर्किन हप्तौँ दिन लाग्ने भए पनि आजकल कामको तालमेल मिले त्यति धेरै समय लाग्दैन । सडक पुगेका गाउँमा प्रायः ट्याक्सी चल्छन् ।