१२ बैशाख, २०८१ बुधबार

06:39:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याज अनुदानपछि व्यवसायी बन्दै पाल्पाका युवा, पोल्ट्रीमा जम्दै

Nepal Business

१० चैत, २०७९

दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका–८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी जग्गामा व्यवसाय चलाउनुभएको छ ।

ब्याज अनुदानपछि व्यवसायी बन्दै  पाल्पाका युवा, पोल्ट्रीमा जम्दै

बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ । 

केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुल्नुभएका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ ।  उहाँलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु ३० लाख बराबरको कर्जा रकमको ब्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाउनुभएको छ ।

केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुल्नुभएका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ ।  उहाँलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु ३० लाख बराबरको कर्जा रकमको ब्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाउनुभएको छ ।

 दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका–८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी जग्गामा व्यवसाय चलाउनुभएको छ । 

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि लिएको रु ३० लाख बराबरको कर्जाको मासिक ब्याज रु ३४ हजार नगरपालिकाले उपलब्ध गराएपछि व्यवसायमा धेरै सजिलो भएको उहाँले बताउनुभयो ।

 “व्यवसायका लागि आफूले लिएको ऋणको ब्याज तिर्नु नपर्दा धेरै राहत भएको महसुस गरेको छु”, उहाँले भन्नुभयो, “ब्याज तिर्नु नपरेपछि धेरै सजिलो हुँदोरहेछ, नगरले ल्याएको यो कार्यक्रम अति नै प्रभावकारी छ ।”

 बुटवल, भैरहवा, चितवनलगायतका बजारबाट रामपुरमा ठूलो परिमाणमा अण्डा भित्रिएको देखेपछि उहाँले व्यावसायिकरुपमा अण्डा उत्पादनमा जोड दिएको बताउनुभयो । 

अण्डा उत्पादनका लागि उहाँको फार्ममा लेयर्स जातका कुखुरा छन् । रामपुर क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउने उहाँको अभियान छ । व्यवसाय गर्न नगर सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान दिएपछि उहाँलाई व्यवसायमा ठूलो राहत पुगेको छ । 

“ब्याज अनुदान कार्यक्रम गाउँमै केही व्यवसाय गर्छु भन्नेका लागि असाध्यै उपयोगीमूलक लाग्यो, ठूलो लगानी गरेर दीर्घकालीनरुपमा चलाइएका व्यवसायलाई दुई वर्षको मात्र ब्याज अनुदान नभई यसलाई नगर सरकारले व्यवसायका आधारमा बढाउनुपर्नेछ, व्यवसायीलाई ऋणको भार कम पर्नेछ, एक÷दुई वर्षको समय व्यवसाय लगानीकै क्रममा रहने हुँदा आम्दानी लिन पाइने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । 

  रामपुरमा अण्डाको माग राम्रो रहेको हुँदा उत्पादनमा जोड दिने उहाँको भनाइ छ । विसं २०७२ मा तीन हजार दुई सय कुखुराबाट व्यवसाय सुरु गर्नुभएका अचार्यले यो व्यवसाय एक्लै धान्दै आउनुभएको छ । 

हाल उहाँको फार्ममा एक हजार पाँच सय कुखुरा छन् । अब दुई हजार कुखुरा राख्ने तयारी गरिरहनुभएको छ । दैनिक ७० पेटीसम्म अण्डा उत्पादन भइरहेको छ । 

वार्षिकरुपमा रु ८२ लाख बराबरको कारोबार हुने गरेको व्यवसायी आचार्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विदेशको अनुभव पनि गरियो । स्वदेशमै जस्तो पैसा कमाउन सजिलो विदेशमा हुँदैन ।”