४ जेठ, २०८१ शुक्रबार

09:04:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Nepal Business

१३ माघ, २०७८

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मङ्गलबारे, 

आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भई सडकदेखि करिव पाँच सय  मिटर तल झरेको छ । 
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो । 

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उहाँलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस