१९ बैशाख, २०८१ बुधबार

12:00:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि हौसलपुरवासी खुसी

Nepal Business

९ चैत, २०७९

डा कार्यालय नदीवारी बस्ती पारि हुँदा स्थानीयवासीलाई ज्यादै नै समस्या थियो । हौसलपुर मोहनापारिको भारतको सिमानासँग जोडिएको भाग हो । पटक–पटक हारगुहारपछि यसपटक पुल निर्माण भएको हौसलपुरकी राजमती चौधरीले बताउनुभयो । “नेपालबाट केही सामग्री लिन खोज्दा धेरै नै जोखिम मोल्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब धेरै नै सहज भएको छ ।”

मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि हौसलपुरवासी खुसी

अत्तरिया, ९ चैत ९रासस० स् कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । 

मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे । पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन कष्टपूर्ण थियो । 

मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे । पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन कष्टपूर्ण थियो । 

वडा कार्यालय नदीवारी बस्ती पारि हुँदा स्थानीयवासीलाई ज्यादै नै समस्या थियो । हौसलपुर मोहनापारिको भारतको सिमानासँग जोडिएको भाग हो । पटक–पटक हारगुहारपछि यसपटक पुल निर्माण भएको हौसलपुरकी राजमती चौधरीले बताउनुभयो । “नेपालबाट केही सामग्री लिन खोज्दा धेरै नै जोखिम मोल्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब धेरै नै सहज भएको छ ।”

मोहना नदीमा पुल निर्माण भएपछि छोराछोरीलाई भारतीय शिक्षा पढाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले सुनाउनुभयो । पुल नहुँदा यहाँका नागरिक आफ्ना छोराछोरीलाई भारतीय विद्यालयमा पढाउने गर्थे । 

लगभग २९ घरपरिवारको बसोबास रहेको यस गाउँमा जनसङ्ख्या दुई सय ५० छ । त्यहाँका नागरिकसँग आफूले प्रयोग गरेको जमिनको लालपुर्जा छैन । हौसलपुरमा नेता भोट माग्नका लागि कहिलेकाहीँ जाने गरेको गुनासो स्थानीयवासीले गर्दै आएका थिए । नेपाल–भारत सीमा साँध स्पष्ट नदेखिने ठाउँमा हौसलपुर गाउँवासी जङ्गे पिल्लरको रूपमा बसोबास गरेका छन् । भारतीय सुरक्षाकर्मीको ज्यादती सहेर उनीहरूले आफ्नो देशको भूमि रक्षा गर्दै आएका छन् ।

पुल निर्माण कार्य सम्पन्न भएसँगै एकसाता अघिदेखि स्थानीयवासी झोलुङ्गे पुल भएर ओहोरदोहोर गरिरहेका गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले बताउनुभयो । “पुल नहुँदा मोहनापारिको बस्तीमा ओहोरदोहोर गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “अब जनप्रतिनिधिलाई पनि जनताका समस्या बुझ्न सहज भयो । यसअघि जान मन हुँदाहँुदै पनि पुल नहुँदा जान नसकिने अवस्था थियो ।”

पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयवासीलाई मात्रै नभई भुइयाँफाँटा, रामपुर, तिघरी, वसन्ता, रतनपुरलगायत स्थानीयवासीलाई पनि ओहोरदोहोर गर्न सहज भएको छ । पुल निर्माण भएपछि आफूले चाहेको समयमा नेपालकै भूभागमा आएर मन लागेको सामग्री किन्न सक्ने वातावरण भएको स्थानीय राजकुमार चौधरीले बताउनुभयो । 

“भारतको सीमासँग जोडिएको मोहनापारिको हौसलपुर क्षेत्रमा मोहनामा पुल नहुँदा आफूलाई चाहेको सामग्री किन्न सकेका थिएनौँ”, खुसी हुँदै उहाँले भन्नुभयो, “अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको विषय हो ।”