१४ बैशाख, २०८१ शुक्रबार

11:38:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठ महिनामा धानचामल आयातको स्थिति यस्तो छ ?

Nepal Business

९ चैत, २०७९

यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात भएको छ ।

आठ महिनामा धानचामल आयातको स्थिति यस्तो छ ?

नेपालमा धान चामल आयातमा १० अर्ब हाराहारीको गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वपर्षको ८ महिनामा नेपालमा २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको छ ।

जबकि गर्त वर्ष समीक्ष अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो । विभागकाअनुसार चालु आवको फगुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ । 

जबकि गर्त वर्ष समीक्ष अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो । विभागकाअनुसार चालु आवको फगुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ । 

यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात भएको छ ।

प्रशोधित चामल भने यस अवधिमा ११ अर्ब ४८ करोड १० लाख ३६ हजार रुपैयाँको १७ करोड १९ लाख किलो चामल नेपाल भित्रिएको विभागले जनाएको छ । जबकि गत वर्ष  २१ अर्ब ६२ करोड रुपैयाँको ३९ करोड ६७ लाख किलो चामल नेपाल आयात भएको थियो ।

यस्तै गर्त वर्ष ३ करोडको धानको बिउ, १३ अर्ब ९७ करोडको ४७ करोड ६२ लाख किलो धान आयात भएको छ । विभागकाअनुसार यस वर्ष धानको आयात गत वर्षको तुलनामा २९ करोडले धानको आयात बढेको छ । 

तर, चामलको आयात भने १० अर्ब १४ करोडले घटेको छ । चामलको आयात परिमाण पनि २२ करोड किलोले कम देखिएको छ ।