८ बैशाख, २०८१ शनिबार

09:31:59 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाम र सोयाबिन तेलले घटायो मुलुकको निर्यात

Nepal Business

९ चैत, २०७९

भन्सार विभागका अनुसार यस वर्ष निर्यात खस्किनुमा पाम र सोयाबिन तेलको भूमिका छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४१ अर्ब ३३ करोडको पाम आयाल निर्यात भएकोमा यस वर्ष १५ अर्ब १८ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

पाम र सोयाबिन तेलले घटायो मुलुकको निर्यात

गत आर्थिक वर्ष २०७८/७९ को ७औं महिना (साउन–फागुन)मा नेपालको निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको थियो ।

कुल १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको वस्तु निर्यात हुँदा नेपालको निर्यात व्यापार उच्च विन्दुमा पुगेको थियो । किनकि आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको मात्रै थियो ।

चालु आर्थिक वर्ष २०७९/८० मा आउँदा भने निर्यात व्यापार फेरि पुरानै अवस्थामा देखिएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४३ अर्ब रुपैयाँ कम हो । जुन प्रतिशतमा हिसाब गर्दा करिब २९ प्रतिशत हो ।

भन्सार विभागका अनुसार यस वर्ष निर्यात खस्किनुमा पाम र सोयाबिन तेलको भूमिका छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४१ अर्ब ३३ करोडको पाम आयाल निर्यात भएकोमा यस वर्ष १५ अर्ब १८ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४१ अर्ब ४० करोडको निर्यात भएको सोयाबिन तेल यस वर्ष ८ अर्ब ३७ करोड रुपैयाँमा खुम्चिएको छ । व्यवसायीहरु भारतको भन्सार नीतिका कारण पाम तेल र सोयाबिन तेलको निर्यात घटेको बताउँछन् ।

पाम र सोयाबिन तेल नेपालको आफ्नो उत्पादन होइन र नेपालले उपभोग पनि धेरै गर्दैन । तर तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गर्दा नेपालको निर्यात व्यापारमा यसको हिस्सा ज्यादा देखिएको थियो । इण्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायत मुलुकबाट नेपालमा कच्चा तथा रिफाइनरीका रुपमा भित्रने पाम तेल र सोयबिन तेल नेपालमा प्रशोधन गरी भारतमा निर्यात हुने गर्छ ।

व्यवसायीहरुका अनुसार यस वर्ष नेपालबाट यस्तो तेल भारत जाने क्रम कम भएको छ । यसो हुनुमा भारतले कच्चा पाम तेलको आयातमा लाग्ने कर कटौती गर्नु हो ।