२० बैशाख, २०८१ बिहिबार

11:38:58 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान , प्रधानमन्त्रीको यस्तो छ निर्देशन

Nepal Business

८ चैत, २०७९

महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । बढुवा हुनुभएका एआइजीको तर्फबाट मन्तव्य राख्दै एआइजी बसन्तबहादुर कुँवरले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान , प्रधानमन्त्रीको यस्तो छ निर्देशन

नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आज एक कार्यक्रमकाबीच एआइजी पदमा बढुवा हुनुभएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै सङ्गठन प्रमुख हुने भएकाले आगामी दिन सङ्गठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार हुन निर्देशन दिनुभयो । उहाँले सङ्गठनको उच्च तहमा रहने प्रहरीले चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकाले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक सिंहले सङ्गठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । बढुवा हुनुभएका एआइजीको तर्फबाट मन्तव्य राख्दै एआइजी बसन्तबहादुर कुँवरले पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी सङ्गठनमा सङ्गठनप्रति व्यावसायिक र निष्ठावान रही जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

उहाँहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको समृद्धिको अभियान सफल पार्न आफ्नो क्षेत्रबाट योगदान गर्न निर्देशन दिनुभएको छ ।