१८ बैशाख, २०८१ मंगलबार

09:30:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहरी पूर्वाधार निर्माणमा पुँजी परिचालन गर्न नगर विकास कोष आवश्यक

Nepal Business

८ चैत, २०७९

उपप्रधानमन्त्री श्रेष्ठले कोषले वित्तीयसँगै प्राविधिक र क्षमता विकासमा गरेको प्रयत्नको सराहना गर्नुभयो । सरकारले २०१३ सालदेखि योजनाबद्ध विकास अवलम्बनका १४ वटा आवधिक योजना कार्यान्वयनमा राखेको र १५औँ योजना सम्झौताको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

सहरी पूर्वाधार निर्माणमा पुँजी परिचालन गर्न नगर विकास कोष आवश्यक

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले योजनाबद्ध सहरी पूर्वाधार निर्माणमा वित्तीय स्रोत परिचालनका लागि ‘नगर विकास कोष’ स्थानीय तहको महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । 

नगरपालिका वित्त तथा क्षमता विकासका लागि नगर विकास कोषद्वारा आज ललितपुरमा आयोजित प्रादेशिक कार्यशाला गोष्ठीमा उहाँले नगर विकास कोषलाई परिचालन गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । 

नगरपालिका वित्त तथा क्षमता विकासका लागि नगर विकास कोषद्वारा आज ललितपुरमा आयोजित प्रादेशिक कार्यशाला गोष्ठीमा उहाँले नगर विकास कोषलाई परिचालन गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले कोषले वित्तीयसँगै प्राविधिक र क्षमता विकासमा गरेको प्रयत्नको सराहना गर्नुभयो । सरकारले २०१३ सालदेखि योजनाबद्ध विकास अवलम्बनका १४ वटा आवधिक योजना कार्यान्वयनमा राखेको र १५औँ योजना सम्झौताको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । 

नेपालमा सहरी विकासलाई उच्च प्राथमिकतामा राखेर स्रोतसाधन विनियोजन गरिए पनि सोचेअनुरुप नतिजा हासिल हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “न्यूनतम पूर्वाधारसहितको व्यवस्थित सहर बन्न सकेको छैन । 
पूर्वाधार निर्माणमा आर्थिक स्रोतको परिचालनको वैज्ञानिक विधि अवलम्बन गर्न केही नीतिगत जटिलता छन्, पहिले स्पष्ट नीतिगत व्यवस्था आवश्यक छ ।” पूर्वाधार निर्माणमा सामाजिक तथा आर्थिक प्रतिफल र दिगोपन आवश्यक रहेको उहाँले बताउनुभयो । 

सङ्घीय सरकार स्थानीय तहलाई मजबुद बनाउन दिगो विकासतर्फ लागिरहेको समयमा विकास कोष आवश्यकता र आपूर्तिबीचको आर्थिक तथा प्राविधिक खाडल पूरा गर्ने महत्वपूर्ण अङ्ग बन्नुपर्ने उहाँको भनाइ छ । कोषलाई आर्थिक, प्राविधिक र कानुनीरुपले पुनःसंरचना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बढ्दो सहरीकरणको आवश्यकता पूर्ति गर्नसक्ने सबल वित्तीय संस्था बनाउन आवश्यकता औँल्याउनुभयो । 

कोषको पुनःसंरचनाका लागि नगर विकास ऐन, २०५३ संशोधन गरी कार्यान्वयनमा पहल गर्ने उहाँको प्रतिबद्धता छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सहकार्य गरी कोषले लगानी गर्ने अपेक्षासमेत गरेको उहाँले बताउनुभयो । 
जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कोषको ऋणबाट खानेपानीमा लगानी गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागिपर्ने विश्वास दिलाउनुभयो । 

कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले हरेक स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकालमा कोषसँग कम्तीमा एउटा योजनामा सहकार्य गर्ने अपेक्षा राखेको बताउनुभयो । 
कोषको लगानीलाई आत्मसात् गर्ने, कोषसँग कसरी आयोजना माग गर्ने, लगानीका क्षेत्र र दिगो व्यवस्थापन गर्ने विषयमा जानकारी गराउन प्रदेशस्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेको उहाँले बताउनुभयो ।