२२ माघ, २०८१ मंगलबार
09:36:08 AM
१३ माघ, २०७८
वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान सहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडिको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।