७ मंसिर, २०८१ शुक्रबार

03:21:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ महानगरले माग्यो टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण

Nepal Business

५ चैत, २०७९

पुनः निर्माण भएका सम्पदाको विवरणका आधारमा सम्पदाको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवद्र्धनका विषयमा अघि बढ्न सजिलो हुन्छ, त्यसकै लागि विवरण माग गरिएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरले माग्यो टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण

काठमाडौँ महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेको छ ।  

सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने दायित्व कामपाको भएको हुनाले २०७२ सालको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन विकास समितिलाई आग्रह गरिएको हो ।   

सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने दायित्व कामपाको भएको हुनाले २०७२ सालको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन विकास समितिलाई आग्रह गरिएको हो ।   

पुनः निर्माण भएका सम्पदाको विवरणका आधारमा सम्पदाको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवद्र्धनका विषयमा अघि बढ्न सजिलो हुन्छ, त्यसकै लागि विवरण माग गरिएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । 

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुनःनिर्माण तथा मर्मतसम्भार भएका छन् । यस चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ ।

शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सिघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सबलीकरण गरिएको छ । यसका लागि करिब रु ३७ करोड लागत अनुमान गरिएको थियो । 

त्यसैगरी, दोस्रो र तेस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् । दोस्रो चरणको काम गर्न करिब रु ४० करोड र तेस्रो चरणको काम गर्न करिब रु ३५ करोड  लागतमा अनुमान गरिएको छ । 

यस क्षेत्रमा सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित छन् ।

सम्पदाको परम्परागत सामाजिक उपयोगसँगै नदी किनार क्षेत्रलाई विद्यार्थीका लागि वातावरण शिक्षाको व्यावहारिक ज्ञान लिनसमेत उपयोग हुने बताइएको छ । यो मानव निर्मित प्राचीन भौतिक संरचना, महत्वसँगै प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको स्थान हो ।