१६ चैत, २०७९ बिहिबार
12:41:06 AM
३ चैत, २०७९
२४ वटा सार्वजनिक विदाका दिनमा बैंक, बीमा तथा पासपोर्ट सेवा दिने कार्यालय खुला रहने भएका छन् ।
गृह मन्त्रालयले आज २०८० सालमा दिईने सार्वजनिक विदाको सूची राजपत्रमा सार्वजनिक गर्दै २४ वटा विदाका दिनमा बैंक सहितका २२ सेवा सुचारु राख्नु पर्ने उल्लेख गरेको छ।
गृह मन्त्रालयले आज २०८० सालमा दिईने सार्वजनिक विदाको सूची राजपत्रमा सार्वजनिक गर्दै २४ वटा विदाका दिनमा बैंक सहितका २२ सेवा सुचारु राख्नु पर्ने उल्लेख गरेको छ।
राजपत्रमा प्रकाशित सूचना अनुसार उभौली पर्व(चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उद्यौली पर्व, योमरी पुन्हि ( ज्यापू दिवस, धान्य पूर्णिमा, तमू ल्होसार, माघी पर्व र माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद (ईद उल फित्र), बकर ईद (ईद उल अजहा), गाई जात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती, र पृथ्वी जयन्ती बिदामा बैंकिङ, पासपोर्ट लगायत निम्न सेवा दिने कार्यालय खुला राख्नु पर्ने छ ।
© 2023 - nepalbusiness.com सर्वाधिकार सुरक्षित