१३ बैशाख, २०८१ बिहिबार

07:12:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिगो पर्यटनका लागि एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु

Nepal Business

१ चैत, २०७९

‘दक्षिण एसियामा राम्रो पर्यटनका लागि राम्रो तथ्याङ्क’ विषयक क्षेत्रीय कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, माल्दिप्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश तथा युएनडब्लुयुटिओका प्रतिनिधिको सहभागिता रहेको छ ।

दिगो पर्यटनका लागि एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु

एशिया प्रसान्त क्षेत्र र दक्षिण एशियाको दिगो पर्यटन विकासका लागि साझा अवधारणा बनाउने उद्देश्यले एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटिओ० को आयोजना सुरु भएको तीन दिवसीय कार्यशालामा कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी अभिवृद्धिलगायत विषयमा छलफल र आगामी रणनीति तय गरिने जनाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटिओ० को आयोजना सुरु भएको तीन दिवसीय कार्यशालामा कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी अभिवृद्धिलगायत विषयमा छलफल र आगामी रणनीति तय गरिने जनाइएको छ ।

‘दक्षिण एसियामा राम्रो पर्यटनका लागि राम्रो तथ्याङ्क’ विषयक क्षेत्रीय कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, माल्दिप्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश तथा युएनडब्लुयुटिओका प्रतिनिधिको सहभागिता रहेको छ । 

संयुुक्त राष्ट्र सङ्घअन्र्तगत विश्व पर्यटन सङ्गठनले विश्व पर्यटनका विभिन्न आयाममा छलफल तथा पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेकोमा यो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो ।

कार्यशालाको उट्घाटन सत्रमा पर्यटनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरणमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताउनुभयो ।

पर्यटनमन्त्री किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत सङ्ख्यात्मक तथा गुणात्मकरूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा यो कार्यशाला योजना गरेकोमा युएनडब्लुयुटीओलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालमा आयोजना गरिएको यो कार्यक्रमका माध्यमबाट हामीले विश्व पर्यटनका नयाँ आयामका बारेमा थप जान्न तथा अनुभव आदानप्रदान गर्ने र दिगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा संयुुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व पर्यटन सङ्गठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयाम परिवर्तन हुँदै गएको सन्र्दभमा पर्यटकीय योजना तर्जुमा देखि प्रवद्र्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्याङ्क आवश्यक हुने बताउनुभयो ।