१२ बैशाख, २०८१ बुधबार

04:15:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेनाको साइकल प्रतियोगिताको उपाधि विष्टलाई

Nepal Business

२७ फागुन, २०७९

उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

सेनाको साइकल प्रतियोगिताको उपाधि विष्टलाई

नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जित्नुभएको छ ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जित्नुभएको हो । उहाँ गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि विजेता हुनुहुन्छ । 

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जित्नुभएको हो । उहाँ गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि विजेता हुनुहुन्छ ।

उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ यहाँका पर्यटीय क्षेत्रको प्रर्वद्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ दोस्रो तथा सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापा तृतीय हुनुभयो ।  गुरुङले निर्धारित दूरी एक घण्टा ४० मिनेट तथा थापाले एक घण्टा ४५ मिनेटमा पूरा गरेको सेनाले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विक चौथो र गुरुगोरख गुल्मका सागर चौधरी पाँचौ हुनुभयो । प्रथम, द्धितीय र तृतीयलाई साइकलसहित पुरस्कृत गरिएको छ । प्रतियोगिता समापन समारोहमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको दोस्रो संस्करणले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बताउनुभयो । 

प्रतियोगिताले यहाँका धार्मिक तथा अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । 

“पर्यटन प्रवद्र्धन मात्रै नभइ प्रतियोगिताले युवा जनशक्तिमा स्वास्थ्य जागरणका साथै खेलाडी उत्पादनमा योगदान पुग्नेमा विश्वस्त छौँ”, उपरथी थापाले भन्नुभयो–“अझै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सबैको सहकार्य आवश्यक छ ।”