८ जेठ, २०८१ मंगलबार

05:03:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ तला माथिबाट खसेर माधव नेपालका भाई सरोजको निधन

Nepal Business

२० फागुन, २०७९

रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भुईमा खसेका थिए

६ तला माथिबाट खसेर माधव नेपालका भाई सरोजको निधन

नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको निधन भएको छ।

नेकपा एसका अध्यक्ष माधव नेपालका कान्छा भाई उपाध्ययको आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेपछि निधन भएको हो।

नेकपा एसका अध्यक्ष माधव नेपालका कान्छा भाई उपाध्ययको आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेपछि निधन भएको हो।

रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भुईमा खसेका थिए। भुईमा खसेर घाईते भएका उपाध्ययलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।

६२ वर्षीय उपाध्ययको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।