८ जेठ, २०८१ मंगलबार

07:52:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपरथी प्रेम शाहीलाई निष्कासन, शाह र तिमिल्सिनालाई पनि कारवाही गरेरै रिहा गरियो

Nepal Business

१८ फागुन, २०७९

सर्वोच्चको आदेश दर्ता गर्न सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका तालुकदारले आज पत्र दर्ता नै गर्न पाएनन् । दर्ता नभएपछि तालुकदारले पत्र सर्वोच्चमै फिर्ता गरेका छन् । सर्वोच्चमा मुद्दा विचाराधिन रहेकै अबस्थामा यता सैनिक अदालतले भने उनीहरुलाई समेत आन्तरिक कारवाही गरेको छ ।

उपरथी प्रेम शाहीलाई निष्कासन, शाह र तिमिल्सिनालाई पनि कारवाही गरेरै रिहा गरियो

सैनिक अदालतले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउने फैसला सुनाएको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले  उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि गर्दै आज विहिबारको सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट हटाउने फैसला सुनाएको बिजपाटीलाई जानकारी दिए । 

यता उनलाई सहयोग गरेको आरोपमा नियन्त्रणमा लिइएका दुई सैनिक अधिकृतहरू प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई पनि आन्तरिक कारबाही भएको उनले जानकारी दिए । उनीहरु भने कानुन विपरित थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा गएका थिए । सर्वोच्चले पक्राउ परेका सैनिक अधिकारीलाई उपस्थित गराउन र पक्राउ पर्नुको कारण पेश गर्न आदेश दिएको थियो । 

यता उनलाई सहयोग गरेको आरोपमा नियन्त्रणमा लिइएका दुई सैनिक अधिकृतहरू प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई पनि आन्तरिक कारबाही भएको उनले जानकारी दिए । उनीहरु भने कानुन विपरित थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा गएका थिए । सर्वोच्चले पक्राउ परेका सैनिक अधिकारीलाई उपस्थित गराउन र पक्राउ पर्नुको कारण पेश गर्न आदेश दिएको थियो । 

सर्वोच्चको आदेश दर्ता गर्न सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका तालुकदारले आज पत्र दर्ता नै गर्न पाएनन् । दर्ता नभएपछि तालुकदारले पत्र सर्वोच्चमै फिर्ता गरेका छन् । सर्वोच्चमा मुद्दा विचाराधिन रहेकै अबस्थामा यता सैनिक अदालतले भने उनीहरुलाई समेत आन्तरिक कारवाही गरेको छ ।

शाहीका विषयमा भने नेपाली सेनाको कोटृमार्सलले झन्डै दुई महिनाको अनुसन्धानपछि आज निर्णय सुनाएको हो । ुसेवाबाट हटाउने फैसला सुनाएको जानकारी दिन सक्छु, पूर्णपाठ आउन बाँकी नै रहेकाले कति अनियमितता गरेको र अन्य केके आदेश भयो भन्ने कुरा पूर्णपाठ हेरेपछि मात्रै थाहा हुन्छु, प्रवक्ता भण्डारीले भने ।

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । 

उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालतअन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए ।