६ जेठ, २०८१ आइतबार

12:05:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ करोड ५५ लाखमा ३ तले भवन निर्माण

Nepal Business

१२ माघ, २०७८

४ करोड ५५ लाखमा ३ तले भवन निर्माण

झापा
झापाको दमकमा इलाका प्रशासन कार्यालयको तीनतले पक्की प्रशासनिक भवन निर्माण भएको छ । दमकको पशुहाट राजमार्ग दक्षिण–८ मा दाताहरुले उपलब्ध गराएका दश कट्ठा जमीनमा सङ्घीय सरकारको ४ करोड ५५ लाख बजेटबाट सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।


इलाका प्रशासन कार्यालयका शाखा अधिकृत सूर्यमान बाँनियाका अनुसार निर्माण भएको भवन छिट्टै हस्तान्तरणको प्रक्रियामा रहेको र यही माघ १६ गतेदेखि नयाँ भवनबाट कार्यालय स्थान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । झन्डै एक दशकदेखि नेपाल भूटान भुटानी शरणार्थी संयुक्त प्रमाणीकरणको कार्यालयमै इलाका प्रशासन कार्यालय सञ्चालन हुँदैआएको छ । कार्यालय पुरानो कच्ची घरमा रहेको तथा विभागीय कोठासमेत पर्याप्त नहुँदा कामकाजमा समस्या झेल्नु परेको शाखा अधिकृत बाँनियाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाअन्तर्गतको दमकसहित गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको छ । कार्यालयले नागरिकता, राहदानी, शान्तिसुरक्षा लगायतको सरकारी सुविधा उपलब्ध गराउँदै आएको छ । रासस