२२ बैशाख, २०८१ शनिबार

04:51:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल मासु र अण्डामा आत्मनिर्भर, ४२ अर्ब बराबरको कृषि तथा खाधान्न आयात

१२ माघ, २०७८

नेपाल मासु र अण्डामा आत्मनिर्भर, ४२ अर्ब बराबरको कृषि तथा खाधान्न आयात

काठमाण्डौ । 
राजकुमार अधिकारी 

सरकारले मासु र अण्डामा नेपाल आत्म निर्भर रहेको तथ्य यस अघिनै सार्वजनिक गरिसकेको छ । यसैगरी दुध र हरियो तरकारीमा पनि नेपाल आत्मनिर्भर उन्मुख रहेको बताईएपनि अहिले पनि नेपालमा हरियो तरकारी भारतबाट भित्रने क्रम रोकिएको छैन । अन्य उत्पादनमा कच्चा पदार्थ विदेशबाट ल्याएर नेपालमा उत्पादन गरेर हुने आत्मनिर्भर भन्दा मासु र अण्डामा भएको आत्मनिर्भरता अन्य कुरामा भन्दा फरक छ ।

प्रतिव्याक्ति प्रतिवर्ष १४ किलो मासु र ४८ वटा अण्डा आवश्यक पर्छ । तर नेपालमा भने प्रतिव्याक्ति २२ किलो मासु  र अण्डा प्रतिव्यक्ति ५५ वटा सम्म उत्पादन हुने गरेको छ ।

मासुजन्य र अण्डा उत्पादनका लागि केही प्रतिशत दाना बाहेक सबै कच्चा पदार्थ नेपालमै उपलब्ध रहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । नेपाल  मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा यस अघि नै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गरिएको हो । विश्व खाद्य संगठनका अनुसार प्रतिव्याक्ति प्रतिवर्ष १४ किलो मासु र ४८ वटा अण्डा आवश्यक पर्छ । तर नेपालमा भने प्रतिव्याक्ति २२ किलो मासु  र अण्डा प्रतिव्यक्ति ५५ वटा सम्म उत्पादन हुने गरेको छ । समग्रमा नेपालमा प्रतिवर्ष २ लाख ५५ हजार मेट्रिकटन माछामासु र २ अर्व ६० करोड अण्डा उत्पादन हुने गरेको थियो र अहिलेको अवस्थामा त्यसमा कुनै तात्विक भिन्नता नआएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ । 

मासु र अण्डामा आत्मनिर्भर भएतापनि नेपाल दुधमा भने आत्मनिर्भर भइनसकेको अवस्था छ । प्रतिवर्ष प्रतिव्याक्ति ९१ लिटर दुध आवश्यक पर्ने विश्व खाद्य संगठनको मापदण्डमा उल्लेख छ । तर नेपालमा भने प्रतिवर्ष प्रतिव्याक्ति ७९ लिटर दुध उत्पादन हुनेगरेको छ । विश्व खाद्य संगठनको मापदण्डलाई आधार मान्ने हो भने पनि नेपाललाई दुधमा आत्मनिर्भर हुन प्रतिव्याक्ति प्रतिवर्ष १२ लिटर सम्म उत्पादन गर्नु पर्ने देखिएको भएता पनि कोरोना लगायतका विषम परिस्थितिका कारण अहिले उत्पादनमा केहि कमि आएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनु भएको छ ।
दुधमा आत्मनिर्भर उन्मुख रहेको भएता पनि हरिया सागपात तथा फलफुलमा भने नेपाल परनिर्भर हुनु परेको अवस्था छ । त्यस्तै धानमा भने ३ वर्षमा आत्मनिर्भर हुने लक्ष्य राखेको मन्त्रालयका प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो ।
अधिकांश कृषि तथा खाधान्न सामाग्री आयात गर्नुपर्ने बाध्यताबाट नेपाल मुक्त हुन सकेको छैन । धेरैजसो सामाग्रीहरुमा नेपाल भारतसँग सोझै परर्निभर भइरहेको अवस्था छ । केहि कृषि उपजमा आत्मर्निभर भएपनि नेपालले आफ्नो उत्पादन निर्यात गर्न सक्ने अवस्थामा अझै पुगेको छैन ।

नेपालले ९ खर्ब ९९ अर्व ३४ करोड २७ लाख ८ हजार मूल्य बराबरका सामग्री आयात गरेकोमा झण्डै ४२ अर्ब बराबरको कृषि तथा खाधान्न सामाग्री आयात भएको

आब २०७८/७९ को पुस मसान्त सम्ममा नेपालले ९ खर्ब ९९ अर्व ३४ करोड २७ लाख ८ हजार मूल्य बराबरका सामग्री आयात गरेकोमा झण्डै ४२ अर्ब बराबरको कृषि तथा खाधान्न सामाग्री आयात भएको भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले जानकारी दिनु भयो । 
कृषिमा यान्त्रिकिकरण, साना सिँचाइ आयोजना, ढुवानी, बीमा प्रिमियम, सस्तो ब्याज अनुदान, रासायनिक मलको सहज तथा किसान मैत्री नीति तिव्र रुपमा अगाडि ल्याउन सकेको खण्डमा मात्र नेपालले दुग्धजन्य उत्पादन लगायतका वस्तुहरुमा पनि निकट भविस्यमै आत्मनिर्भर बन्नसक्ने विज्ञहरुले बताउँदै आएका छन् । यसका लागि सरकार र सम्बन्धित निकायको तदारुकताको खाँचो आवश्यक रहेको कृषि विज्ञहरुले बताएका छन् । नेपालको कूल ग्राहस्त उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान एक तिहाइ रहेको छ । दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित छन । समय–समयमा कृषि क्षेत्रमा देखिने प्रतिकुल प्रभावका कारण हाम्रा समग्र आर्थिक विकासका सुचकहरुमा नै प्रतिकुल प्रभाव पार्ने तथ्यबाट पनि प्रष्ट हुन सकिन्छ । नेपालको समग्र अर्थतन्त्र कृषिमा नै निर्भर छ र देश विकासको प्रमुख आधारस्तम्भ भनेको कृषि र पशुपंक्षी क्षेत्र हो ।