२४ बैशाख, २०८१ सोमबार

03:44:16 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीको दोहा भ्रमण स्थगित, परराष्ट्रमन्त्रीको जेनेभा भ्रमणमा रोक

Nepal Business

१४ फागुन, २०७९

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमणमा रोक लगाएको जनाइएको छ ।

प्रधानमन्त्रीको दोहा भ्रमण स्थगित, परराष्ट्रमन्त्रीको जेनेभा भ्रमणमा रोक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण स्थगित भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते (मार्च ३ तारिख) त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । 

प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।  यसैबीच प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमणमा रोक लगाएको जनाइएको छ ।